YouTube Link

प्रदीप गिरीः साहित्य र समाजवाद

Facebook Link

 

दार्शनिक लेखक एवं विश्लेषक प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । लामो समयदेखि घाँटीको क्यान्सर र निमोनियाबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 

‘रचनामा मिठास भर्न खप्पिस झर्रो साहित्यकार गिरी सालिन व्यक्तित्वका धनी हुनुहुन्थ्यो, सादा जीवन र उच्च विचारका रूपमा कहलिएका स्व. गिरीको असमायिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ,’ साहित्यकार ध्रुवचन्द्र गौतमले भने । साहित्यकार गौतम स्व. गिरीका सहपाठी हुन् । गिरीलाई उनले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताए ।

 

जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व. गिरी अग्रपङ्क्तिमा रहेको बताए । स्व. गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, ‘कविता वा कलालाई पढ्न र बुझ्न खोज्नु भनेको आफूलाई खोतल्नु हो,’ भनेका छन् । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उनले ‘साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो,’ भनी उल्लेख गरेका छन् ।

 

उनले शारदा मासिक पत्रिका लगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गराएका साहित्यकारले बताएका छन् । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व. गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा अडिक र निडर लेखक रहेको बताए ।

 

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक र कहलिएको साहित्यकार गुमाएको बताउँदै उनको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्ता समेतको अवसान भएको चर्चा गरे । साहित्यकार विनोद दीक्षितका अनुसार स्व. गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिए ।

 

साहित्यकार रोचक घिमिरेका नजरमा स्व. गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न  रुचाउने निर्भिक व्यक्ति थिए । गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गरेबाट पनि उनको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

 

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुँदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेका थिए । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

 

पिता मित्रलाल गिरीको प्रेरणाले  राजनीतिमा संलग्न प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उनका राजनीतिक लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रूपमा चित्रण गरिएको पाइन्छ ।

 

उनका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उनले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘द्रौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश (२०६६)’ ‘डा. राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘मार्क्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।

 

वि.सं. २०१७ देखि सक्रिय राजनीति प्रारम्भ गरेका कांग्रेस नेता पाठक वर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि थिए । उनले बीपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचना समेत गरेको साहित्यकार रोचक घिमिरेले जानकारी दिए ।

 

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्थे । उनले झन्डै चार वर्ष जेल जीवन बिताएका छन् । भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता थिए ।

 

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुँदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेका थिए । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...