पोखराबाट काठमाडौ उड्नासाथ आकश्मिक ल्याण्ड गराईयो यति एयरको जहाज
वि.सं.२०७९ साउन १३ शुक्रवार १०:४८
1.8K
shares
काठमाडौ : पोखराबाट काठमाडौका लागि उडेको ६ मिनेटमै यति एयरलाइन्सको जहाजलाई पोखरामा आकश्मिक अवतरण गराईएको छ ।
इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराएका छन् ।
जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।
अहिले जहाजको इन्जिन जाँच गर्ने कार्य चलिरहेको एयरलाइन्सले जनाएको छ ।
वि.सं.२०७९ साउन १३ शुक्रवार १०:४८



















