कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै
वि.सं.२०७९ असार ३० बिहीवार १०:१६
1.6K
shares
काठमाडौं: सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो ।
सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको बुझिएको छ ।
वि.सं.२०७९ असार ३० बिहीवार १०:१६




















