सेयर बजार परिसूचक १५ अंक बढ्यो
वि.सं.२०७९ असार ३० बिहीवार १५:४०
2.1K
shares
काठमाडौं: साताको चौथो कारोबार सेयर बजार १५ अंकले बढेको छ । बजार परिसूचक १४.७१ अंक बढेको छ ।
अघिल्लो दिनको कारोबारमा ६० अंकले बढेको बजार सोही क्रमलाई पच्छ्याउँदै आजको कारोबारमा पनि सकारात्मक रह्यो ।
बजार परिसूचक १५ अंक बढ्दा समग्र बजार परिसूचक २००१.५३ अंकमा उक्लिएको छ । बिहीबार २२० कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ०.७४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १.७७ अंक बढेर ३८३.१३ मा उक्लिएको छ ।
आज दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर ३९ हजार १ सय ६८ पटकमा किनबेच भएको थियो ।
बढ्दो बजारमा आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ असार ३० बिहीवार १५:४०




















