जबरजस्ती बलात्कार गरेको अभियोगमा दर्जी पक्राउ
वि.सं.२०७९ वैशाख १८ आइतवार १६:००
संखुवासभा । ८ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा खाँदवारी नगरपालिका-३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।
दर्जीले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चेवाबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख १८ आइतवार १६:००