YouTube Link

कांग्रेसको चुनावी अभियान: एमसीसीबारेको भ्रम चिर्न गाउँसम्म अभियान चलाउने

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रम चिर्न अभियान चलाउने भएको छ ।

 

‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम बुँदागत रुपमा चिर्ने तयारी गरेको हो ।

 

अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

 

अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ ।

 

अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ ।

 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित अभियानका लागि कांग्रेसले गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाउने छ ।

 

जिल्लाहरुमा खटिने प्रतिनिधिहरूलाई प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएका छन् ।

 

जिल्ला–जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन सानेपा बोलाइएको कांग्रेसले जनाएको छ ।

 

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...