Rajshow Bivag

कांग्रेसको चुनावी अभियान: एमसीसीबारेको भ्रम चिर्न गाउँसम्म अभियान चलाउने

Departmant of helth services

 

काठमाडौं: नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीबारे जनतामा छरिएका भ्रम चिर्न अभियान चलाउने भएको छ ।

 

‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम बुँदागत रुपमा चिर्ने तयारी गरेको हो ।

 

अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

 

अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ ।

 

अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ ।

 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित अभियानका लागि कांग्रेसले गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाउने छ ।

 

जिल्लाहरुमा खटिने प्रतिनिधिहरूलाई प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएका छन् ।

 

जिल्ला–जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अभियान प्रभावकारी बनाउनका लागि निर्देशन दिन सानेपा बोलाइएको कांग्रेसले जनाएको छ ।

 

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो ।

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...