एमसीसी सम्झौता अनुमोदनको विरोधमा ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले गरे विरोधसभा

वि.सं.२०७८ फागुन २० शुक्रवार १७:३८

काठमाडौं: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले विरोधसभा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन फागुन १५ कालो दिनका रूपमा दर्ज भएको बताएका छन् ।
विरोधसभामा महासचिव विप्लवले राष्ट्रहितविपरीत देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै यो दिन कालो दिनका रूपमा दर्ज भएको बताएका हुन् ।
नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चासहित दुई मोर्चाले शुक्रबार एमसीसीविरुद्ध काठमाडौंमा विरोधसभा गरेका छन् ।
खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्यालीको आयोजनासमेत गरेका थिए ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १७:३८