सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक आईतबारसम्मका लागि स्थगित
वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:३२
1.8K
shares
काठमाडौं: आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो ।
गत आइतवार संसदमा पेश भएको एमसीसी सम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो ।
शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको संसद बैठक सरकारकै आग्रहमा स्थगित भएको छ ।
दलहरुबीच एमसीसीलाई लिएर तानातान बढिरहेका बेला संसद बैठक सरेको हो ।
अमेरिकाले आगामी फागुन १६ अर्थात् सोमबारसम्ममा एमसीसी सम्बन्धी सम्झौता पास भइसक्नुपर्ने अडान लिएको छ ।
अब अमेरिकाको अडान अनुसार आइतवार र सोमबारसम्म एमसीसीको छिनोफानो गर्नुपर्ने बाध्यता सरकारमाथि आएको छ ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:३२




















