अमेरिकाले खोल्यो फायर, भन्यो- “एमसीसीको नाममा हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन”
वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:०७
3K
shares
काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर नेपालमा दिनानदिन आन्दोचन चर्कदै गएपछि अमेरिकाले मुख खोलेका छ ।
अमेरिकाले आज यस विषयमा फयर खोल्दै एमसीसीको नाममा भईरहेको हिंसात्मक आन्दोलन स्वीकार्य नहुने बताएको हो ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसालाई उक्सकाउने गतिविधि कदापि नस्वीकार्ने बताएका हुन् ।
उनले सामाजिक संजालमार्फत अमेरिका स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्ण रुपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- “हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसी को बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।”
वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:०७



















