YouTube Link

निर्वाचन आयोगले माग्यो स्थानीय तह निर्वाचनका लागि १२ अर्ब रुपैयाँ बजेट

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सरकारसँग १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

 

आयोगले ७ सय ५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न चाहेको छ ।

 

निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा यस्तो खर्च ३० प्रतिशतले वृद्धि भएको आयोगको अनुमान छ ।

 

२०७४ सालको निर्वाचनमा आयोगले ७ प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७ सय ५३ निर्वाचन अधिकृतको कार्यालयबाट लजिस्टीक (वस्तुगत) समेत गरी स्थानीय निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

 

२०७४ को निर्वाचनपछि अब हुने निर्वाचनमा २० लाख मतदाता थपिएको हुँदा सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री लगायतमा पनि बजेट वृद्धि हुने आयोगले उल्लेख गरेको छ ।

 

मत केन्द्रमा प्रयोग हुने कतिपय सामग्रीहरू विदेशबाट आयात हुने भएकाले डलरको अधिमूल्यनले यस्ता सामग्रीको पनि मूल्य वृद्धि हुने आयोगको तर्क छ ।

 

आयोगले मतदाता शिक्षालाई प्रविधिमैत्री बनाउने र यसका लागि थप सामग्री र जनशक्तिमा खर्च बढ्ने भन्दै सरकारसँग माग गरिएको खर्चको औचित्य पुष्टी गर्न चाहेको छ ।

 

यसका अतिरिक्त मतपत्र तथा निर्वाचनका लागि आवश्यक सामग्रीको ढुवानीमा समेत खर्च वृद्धि भएकाले ढुवानी भाडा लगायतलाई समेत ख्याल गरेर खर्च अनुमान गरिएको आयोगले जनाएको छ ।

 

मतदान केन्द्र थप हुनेहुँदा त्यहाँ अवाञ्छित गतिविधि नियन्त्रण गर्न थप सुरक्षा प्रबन्ध, मतगणना स्थलमा सूचना प्रविधिको प्रयोग, सीसी क्यामेरा लगायतका लागि गत निर्वाचनभन्दा बजेट बढ्ने आयोगको भनाई छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...