सरकारको निर्णय: स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने
वि.सं.२०७८ माघ २४ सोमवार १६:२५
काठमाडौं: सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।
सोमबार बिहान प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टै छलफल गरेका थिए ।
त्यसैले आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको हो ।
निर्वाचन आयोगले आगामी ५ जेठमा ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो ।
वि.सं.२०७८ माघ २४ सोमवार १६:२५