YouTube Link

दुबईबाट काठमाडौं आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ

Facebook Link

 

 

काठमाडौं: दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरेको छ ।

 

काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरङ्खु बस्ने ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगरमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो ।

 

राई र अर्याललाई प्रहरीले जरङ्खुबाट पुस ३० गते शुक्रबार र घिमिरेलाई पुस २ गते बसन्तनगरबाट पक्राउ गरेको परिसरले जनाएको छ ।

 

उनीहरूले सिरहा सखुवानाकारट्टी गाउँपालिका-५ बस्ने ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरेका थिए ।

 

उनी गत असोज ८ गते बिहान दुबईबाट काठमाडौं महानगरपालिका-९ स्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए ।

 

उनी काठमाडौं आएर बल्खुस्थित होटल कञ्चनजंगामा बस्न गएका थिए ।

 

त्यहाँबाट रामेश्वरलाई अपरिचित व्यक्तिहरूले अपहरण गरी काठमाडौं-२७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाएको प्रहरीले बताएको छ ।

 

त्यहाँ लगेर रामेश्वरमाथि कुटपिट गरी ज्यान मार्ने धम्की दिएको र चुरोटको ठुटोले पोलेर यातना दिएको पक्राउ परेका व्यक्तिहरूमाथि आरोप छ ।

 

उनीहरूले मोबाइल लगायतका सामानहरू समेत लिएको आरोप छ ।

 

त्यही दिन साँझ ६ बजे रामेश्वर होटलबाट भागेर प्रहरीलाई खबर गरेका थिए ।

 

पछि उनले उनीहरू विरूद्ध जाहेरी दिएपछि अनुसन्धान गरी तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...