YouTube Link

चितवनमा चिकित्सकसहित ११७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Facebook Link

 

 

भरतपुर: चितवन जिल्लाका स्वास्थ्य संस्थामा कार्यत ११७ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु छन् ।

 

चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि केही अस्पतालको सेवा प्रभावित भएको छ ।

 

संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

तीमध्ये ७ जना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् ।

 

चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा संक्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।

 

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सक र स्वास्थ्यकर्मी गरी ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

अस्पतालका अनुसार ३ जना चिकित्सक २२ जना नर्स, ७ जना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा संक्रमण देखिएको हो ।

 

चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

अस्पतालका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

 

अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो ।

 

संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् ।

 

चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भएपनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...