Texas College
YouTube Link

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान, तीन मतदान केन्द्रमा ११०० बुथ, २९ वटा मतपत्र

Facebook Link

 

काठमाडौं:  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ ।

 

विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ ।

 

महाधिवेशनका लागि ११०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले ३ स्थानमा मतदान केन्द्र स्थापना गरेको छ ।

 

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक संघ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

 

भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमन्डप प्रांगणमा २९३ बुथ र भृकुटीमन्डपको हलमा ५१४ बुथ राखिने भएको छ ।

 

१६७ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।

 

कांग्रेसमा १४ पदाधीकारी पद रहेको छ । जसमा १ सभापति, २ उपसभापति र २ महामन्त्री रहेका छन् । सहमहामन्त्रीको संख्या ८ छ ।

 

सभापति पदमा ५ जनाजना चुनावी मैदानमा छन् । जसमा वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

 

दुई उपसभापति पदमा ७ जनाको उमेदवारी परेको छ । जसमा महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र दिव्यश्वरी शाह छन् ।

 

दुई महामन्त्री पदमा ६ जनाको भिडन्त हुने भएको छ । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की छन् । क्लष्टरमा रहेका ८ सहमहामन्त्री पदमा १९ जनाले चुनाव लड्ने भएका छन् ।

 

नयाँ कार्यकालका लागि ३५ खुला केन्द्रीय सदस्यमा ९९ जनाको उमेदवारी परेको छ । ९ जना खुला महिला केन्द्रीय सदस्यमा ३० जनाले उमेदवारी दिएका छन् । १६७ पदमा ५ सय भन्दा बढीको उमेदवारी परेको छ ।

 

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानले  व्यवस्था गरेको छ ।

 

जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...