मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोध गर्दै विप्लव माओवादी लगायत विभिन्न ६ दलले संसद भवन घेर्ने
वि.सं.२०७८ मंसिर २२ बुधवार १४:५७
2.2K
shares
काठमाडौं: मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा विप्लव माओवादी लगायतका विभिन्न ६ पार्टीले मंसिर २८ गते संसद भवन घेराउ गर्ने भएका छन् ।
आज (बुधबार) काठमाडौंमा बसेको दुई मोर्चा सहित विभिन्न ६ दलको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।
यसरी घेराउ गर्ने पार्टीमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् । उनीहरुले एमसीसीको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन समेत गर्ने बताएका छन् ।
ती पार्टी तथा मोर्चाले २७ गते नेपालस्थित एमसीसीएको कार्यालय घेराउ गर्ने र २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
थप आवश्यकता परेमा त्यसै अनुसार कार्यक्रम तय गर्दै आन्दोलनलाई जारी राख्ने निर्णय भएको बताइएको छ ।
संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते दिउँसो बस्ने तय भएको छ । उक्त बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने भन्दै आन्दोलनका कार्यक्रम तय गरिएको छ ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १४:५७



















