पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या, हत्याको कारण खुल्न बाँकी
वि.सं.२०७६ जेठ ७ मंगलवार ०९:०६
789
sharesपाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ३ आरुबोटेमा सोमबार राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ भने एक बालिका घाइते भएकी छिन् ।
घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिएका छन् ।
वडाध्यक्ष हस्तराज फियाकले घट्नाको पुष्टि गरे । घट्नास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल तर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिएका छन् । विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन । घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।
वि.सं.२०७६ जेठ ७ मंगलवार ०९:०६