YouTube Link

समाचारमा छापिएको तस्विरको विषयलाइ लिएर पत्रकारलाइ धम्कि

Facebook Link

रामेछाप:  समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि आएको छ । जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगाउने धम्कि दिएका हुन् ।

 

जिल्लामा  ६२ देखी ६४ बर्ष उमेर समुहका बृद्धाहरुलाई आएको खोप दुरुपयोग  भएको समाचारमा छापिएको फोटोका विषयलाई लिएर रामेछाप नगरपालिको वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगाउने धम्कि दिएका हुन् । शिक्षक श्रेष्ठले अरु पत्रकारहरुलाइ समेत अश्लिल शब्द प्रयोग गर्दै गालि गरेका थिए ।

 

बृद्धाहरुका लागि आएको कोभिड विरुद्धको खोप लगाएका युवा  शिक्षक श्रेष्ठ आफैंले सामाजिक संजालमा पोष्ट गरेको फोटो छापिएको बिषयमा  पत्रकारहरुलाई तल्लो स्तरको गालि गरेका थिए । नागरीकको सुसुचित हुने अधिकारलाई आफुले ध्यान दिएर खोपको दुरुपयोगका बिषयमा समाचार लेख्दा धम्कि खानु परेको भन्दै सह सम्पादक श्रेष्ठले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धम्कि दिने शिक्षकलाई कारबाहिको माग गर्दै निवेदन दिएकी छिन् ।

 

यसै विच नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पनि आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्क्याउने शिक्षकलाई कारबाहिको माग गरेको छ । शाखाका अध्यक्ष बद्रि नयाँघरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा नागरीकको सु सुचित हुन पाउने हकको सुनिश्चिताका लागि कलम चलाउने पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

 

यसै गरी नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सुरक्षाको माग गरेको छ । विज्ञप्तिमा नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य समेत रहनुभएकी सह सम्पादक  श्रेष्ठलाई धम्क्याउने   शिक्षकमाथि कारबाहिको समेत माग  गरिएको छ । नेपाल प्रेस यूनियन रामेछाप शाखाले पनि पत्रकारलाई धम्यकाउने शिक्षकलाई तत्काल कारवाहिको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । शाखाको अध्यक्ष अप्रिल अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनु निन्दनिय भएको उल्लेख गरिएको छ ।

 

पत्रकार धम्किको घट्नालाई आफुले गंभिर रुपमा लिएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनु भयो । पत्रकार सुरक्षाको बिषयमा आफुहरु संवेदनशिल रहेको बताउँदै कारर्बाहि प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाले बताउनु भयो ।

 

यो पनि पढ्नुहोस् :

ट्यांकर चालकलाई कोरोना विरुद्धको खोपको व्यवस्था भयो

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...