YouTube Link

समाचारमा छापिएको तस्विरको विषयलाइ लिएर पत्रकारलाइ धम्कि

Facebook Link

रामेछाप:  समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि आएको छ । जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगाउने धम्कि दिएका हुन् ।

 

जिल्लामा  ६२ देखी ६४ बर्ष उमेर समुहका बृद्धाहरुलाई आएको खोप दुरुपयोग  भएको समाचारमा छापिएको फोटोका विषयलाई लिएर रामेछाप नगरपालिको वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगाउने धम्कि दिएका हुन् । शिक्षक श्रेष्ठले अरु पत्रकारहरुलाइ समेत अश्लिल शब्द प्रयोग गर्दै गालि गरेका थिए ।

 

बृद्धाहरुका लागि आएको कोभिड विरुद्धको खोप लगाएका युवा  शिक्षक श्रेष्ठ आफैंले सामाजिक संजालमा पोष्ट गरेको फोटो छापिएको बिषयमा  पत्रकारहरुलाई तल्लो स्तरको गालि गरेका थिए । नागरीकको सुसुचित हुने अधिकारलाई आफुले ध्यान दिएर खोपको दुरुपयोगका बिषयमा समाचार लेख्दा धम्कि खानु परेको भन्दै सह सम्पादक श्रेष्ठले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धम्कि दिने शिक्षकलाई कारबाहिको माग गर्दै निवेदन दिएकी छिन् ।

 

यसै विच नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पनि आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्क्याउने शिक्षकलाई कारबाहिको माग गरेको छ । शाखाका अध्यक्ष बद्रि नयाँघरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा नागरीकको सु सुचित हुन पाउने हकको सुनिश्चिताका लागि कलम चलाउने पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

 

यसै गरी नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सुरक्षाको माग गरेको छ । विज्ञप्तिमा नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य समेत रहनुभएकी सह सम्पादक  श्रेष्ठलाई धम्क्याउने   शिक्षकमाथि कारबाहिको समेत माग  गरिएको छ । नेपाल प्रेस यूनियन रामेछाप शाखाले पनि पत्रकारलाई धम्यकाउने शिक्षकलाई तत्काल कारवाहिको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । शाखाको अध्यक्ष अप्रिल अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनु निन्दनिय भएको उल्लेख गरिएको छ ।

 

पत्रकार धम्किको घट्नालाई आफुले गंभिर रुपमा लिएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनु भयो । पत्रकार सुरक्षाको बिषयमा आफुहरु संवेदनशिल रहेको बताउँदै कारर्बाहि प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाले बताउनु भयो ।

 

यो पनि पढ्नुहोस् :

ट्यांकर चालकलाई कोरोना विरुद्धको खोपको व्यवस्था भयो

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...