कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी राजकुमार केसीको निधन
वि.सं.२०७८ जेठ ६ बिहीवार ०९:४२
काठमाडौं: कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको नेपाल प्रहरी अस्पतालमा निधन भएको छ ।
काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।
वि.सं.२०७८ जेठ ६ बिहीवार ०९:४२