काठमाडौं उपत्यकामा मात्रै आज १ हजार १ सय ७४ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु
वि.सं.२०७८ वैशाख ९ बिहीवार १८:५१
1.5K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा मात्रै आज १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् ।
आज काठमाडौंमा ९ सय ८७, ललितपुरमा १ सय ६ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय २८ जना कोरोनाका नयाँ सङक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार पिसिआर प्रविधिबाट १० हजार १ जना र एन्टिजेन विधिबाट ४ सय ४७ को जनामा परीक्षण गरिएको हो ।
जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।
कुल मृतकको संख्या ३ हजार १ सय १७ पुगेको छ ।
नेपालमा हाल १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
संचारगृहलाई स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघको आग्रह
नेपाल शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश
प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिता बैशाख अन्तिममा
वि.सं.२०७८ वैशाख ९ बिहीवार १८:५१




















