YouTube Link

नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर सहित फोरम र नयाँ शक्ति एकीकृत भएर बन्यो ‘समाजवादी पार्टी नेपाल’

Facebook Link

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबीच नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर सहित ‘समाजवादी पार्टी नेपाल’ घोषणा भएको छ । आज प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी ‘समाजवादी पार्टी नेपाल’ हुने बताएका छन् ।

मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवादी त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवाद सहित अघि बढ्ने सहमति भएको हो । दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिन अघि पार्टी एकीरकण गर्ने सहमति भएको थियो ।

पार्टी एकीकरणका सन्दर्भमा निम्न सहमति भएको छ:-
१. नेपालको राजनीतिक क्षितिजमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित संघीय समाजवादी फोरम, नेपाल र संविधान घोषणा पश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यसक्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौं ।

२. समाजवादी पार्टी, नेपालको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसंघर्ष र संविधान संशोधन मार्फत् देशको प्रगतिशील रूपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडी बढ्ने छ । हाम्रो लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेद रहित, धर्मनिरपेक्ष, समृद्ध, संघीय गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गर्नु हुनेछ ।

३. संघीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको संघीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत संघीय समाजवादको सिद्धान्त अगाडि सारेका छौँ । विश्वमा संघीयता र समाजवादका विभिन्न प्रारूपहरू छन् । यसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै सम्मुनत गर्दै लगिने भएकाले सम्मुन्नत संघीय समाजवाद भनिएको छ ।

४. उपर्युक्त सैद्धान्तिक- वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ ।

त्यसको अलावा यस कार्यक्रमका मौलिक विशेषताहरू निम्नानुसार हुनेछन्-
१. राष्ट्रिय स्वाधीनता
२. संघीय शासन
३. समाजवादी व्यवस्था
४. सहभागितामूलक समावेशी लोकतन्त्र
५. राष्ट्रिय पहिचान
६. सामाजिक न्याय
७. समतामूलक समृद्वि
८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा
९. सुशासन र सदाचार
१०. समानुपातिक समावेशीकरण
११. स्वशासन तथा स्वायत्तता
१२. सांस्कृतिक बहुलता
१३. समानुपातिक निर्वाचन प्रणाली
१४. पर्यावरणीय सन्तुलन र
१५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।

 

५. हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिबद्ध छौं । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०+१ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।

६. नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेशी, आदीवासी, जनजाती, शिल्पी/दलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरु सम्बोधन गर्न पार्टी प्रतिवद्ध छ । नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गिय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।

७. नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामुलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुसी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध संवैधानिक निकायहरुको सवलीकरण गरिनेछ ।

८. संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्ता सम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता गरिनेछ ।

९. यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पीक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति-व्यक्तित्वहरुमा हार्दिक आव्हान गर्दछौं ।

 

 

   …………………………………………..                                              …………………………………………..
                             उपेन्द्र यादव                                                                                            डा. बाबुराम भट्टराई
                             अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल                                              संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...