YouTube Link

कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज काठमाडौं आइपुग्ने, आजै दोस्रो चरणको खोप अभियान शुरू

Facebook Link

काठमाडौं: कोभ्याक्स कार्यक्रम अनुसार प्राप्त हुने कोरोनाविरुद्धको ३ लाख ४८ हजार खोप आज काठमाडौं आइपुग्दै छ ।

कोभ्याक्स सहायता अन्तर्गत पहिलो खेपमा तीन लाख ८८ हजार डोज खोप आज बिहान काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

कोभ्याक्स विश्व स्वास्थ्य संगठनले अनुदानस्वरुप विश्वका देशहरुलाई खोप उपलब्ध गराउने गरी सञ्चालन गरेको कार्यक्रम हो ।

कोभ्याक्सले नेपालमा खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ ।

कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाललाई उपलब्ध गराएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाएका छन् ।

यसअघि, भारतले नेपाललाई उपहार स्वरुप १० लाख डोज यही कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि नेपालले भारतबाटै २० लाख डोज कोभिसिल्ड खोप खरिद गरयो ।

त्यसमध्ये १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप छिट्टै आउने मन्त्री त्रिपाठीले बताए ।

सरकारले आजै दोस्रो चरणको खोप अभियान शुरू गर्दैछ । यो चरणमा १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने छ । असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।

यसअघि पहिलो चरणको खोप अभियान अन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

र यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको जित
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डविरुद्ध बायर्न म्युनिखको उत्कृष्ट जित
पीएसजी कप दि फ्रान्सको प्रि-क्वाटरफाइनलमा प्रवेश
इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई हराउदै लेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...