YouTube Link

खुट्टा किन कामेको ? निर्वाचन भन्ने बित्तिकै सातो किन गएको ? : प्रधानमन्त्री ओली

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको प्रगतिप्रति इर्ष्या र डाहले केही व्यक्ति आफूविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आफू नेतृत्वको सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै विकासमा देशले छलाङ मार्दा, क्रमभंग गर्दा अवरोध सिर्जना गरेको बताए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले देशविरुद्ध अस्थिरता फैलाउने षड्यन्त्र बढेपछि भारी मन लिएर प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।

‘सरकारले गरेका राम्रा कामप्रति इर्ष्या र डाहले केही मान्छे लागे । निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई षड्यन्त्र गरेर बीचमा हट्नुपर्छ भने,’ ओलीले भने, ‘मैले अवसर दिएँ । त्यही अवसरबाट सिंह बनाइदियो, सिंहले म आफैँलाई झम्टने काम गर्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो मित्रता कायम गरेर उचाईमा पुर्या उन चाहेको बताएका छन् । ‘म भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘व्यापक बनाउन चाहन्छु । नयाँ उचाइमा पुर्याउन चाहन्छु ।’

नेपाली भू-भाग हडपिएको थाहा भएपनि यस अघिका शासकले बोल्न नसकेको उनको भनाइ छ । ‘बोल्न नसक्ने तर सम्बन्ध राम्रो छ भन्नेक ? हाम्रो भू-भाग हामीले प्राप्त नगरेर हडपिएको छ भन्नेी थाहा छ तर, बोल्न नसक्ने अनि सम्बन्ध राम्रै छ भन्ने् ? भित्र मन चिढ्याउने बाहिर राम्रौ छ भन्नेभ’ उनले भने ।

‘कतिपयले भने केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न । अब गफ फिट्ने दिन गए । अब गफ फिटेर हुँदैन, अब मैदानमा ।’

रेस्लिङ खेलको उदारण दिंदै ओलीले अब निर्वाचनको मैदान तयार भएको तर त्यसमा आउन खुट्टा नकमाउन आग्रह गरे। उनको भनाइ छ– अब मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, त्यहाँ जितेर अनि लागउनुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...