Rajshow Bivag

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा

Departmant of helth services

काठमाडौं:  काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

 

काठमाडौं उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ । नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ/छैन भन्ने हेरिरहेको र कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा परीक्षण गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने निर्देशनालयले जनाएको छ ।

 

पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी जम्मा ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । पहिलो चरणमा दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।

 

यो पानी पहिलो चरणमा मध्यपुर, कीर्तिपुर र चक्रपथभित्र सबै ठाउँमा वितरण हुनेछ । चक्रपथ बाहिर कपनमा पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको र अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुने निर्देशनालयले जनाएको छ ।

 

उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ स्थानमा मात्रै निर्माण सम्पन्न भएको छ । नयाँ पाइपलाइन नभएका स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका स्थानमा चालु आवभित्रै निर्माण सम्पन्न गरिने छ ।

 

काठमाडौंमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थानमा ट्याङ्की रहेका छन् । गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा पुनः परीक्षण गर्न लागिएको हो ।

 

त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको छ । त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको र सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने खानेपानी मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा पानी पठाइने र सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने छ । कतै समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिने जनाएको छ ।

यो पनि पढ्नुहोस् :

राजश्व संकलनका लागि शनिबार बैंक तथा वित्तिय संस्थाहरु खुल्ने

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...