संसद विघटनको निर्णय अराजक: वरिष्ठ नेता नेपाल
वि.सं.२०७७ पुस ५ आइतवार १२:११
काठमाडौं: नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका छन् ।
पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक मार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम अराजक भएको बताएका छन् ।
ओलीको यो कदमले लोकतन्त्रमाथि नै प्रहार गरेकाले अझै पनि पार्टीमा आवश्यक छलफल गरेर अघि बढ्ने उनले बताए ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:११