Rajshow Bivag

श्री सदन तत्कालीन राजा वीरेन्द्रको निवास सर्वसाधारणका लागि खुला

Departmant of helth services

काठमाडौं:  नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए ।

देश तथा विदेशका अनुसन्धानकर्ताहरुका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदीका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली इतिहासमा २४० वर्षीय शाहवंशीय इतिहासको साक्षत् नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताए ।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको पनि उनले बताए । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने उनले बताए ।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै, तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र त्रिभुवन सदनमा सर्नुभएको थियो ।

अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्रहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।

यो पनि पढ्नुहोस्: https://www.akhabarnepal.com/2020/11/19340/

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

ढोलाहिटीमा दुई युवकको हत्या घटनामा संलग्न पक्राउ परेकामध्ये चार जनाविरुद्ध मुद्दा चलाउने तयारी

ढोलाहिटीमा दुई युवकको हत्या घटनामा संलग्न पक्राउ परेकामध्ये चार जनाविरुद्ध मुद्दा चलाउने तयारी

वि.सं.२०८० चैत १३ मंगलवार १२:१९

  काठमाडौं: फागु पूर्णिमाका दिन ललितपुर महानगरपालिका-२६ ढोलाहिटी, राजकुलो ओसिसमार्गमा...

देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन: उपसभामुख इन्दिरा रानामगर

देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन: उपसभामुख इन्दिरा रानामगर

वि.सं.२०८० चैत १२ सोमवार १६:५५

  ललितपुर: उपसभामुख इन्दिरा रानामगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट...

कांग्रेसका संस्थापन नेता गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ

कांग्रेसका संस्थापन नेता गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ

वि.सं.२०८० चैत ७ बुधवार ०८:३८

  काठमाडौं: २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका कांग्रेसका...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, संसदमा प्रि बजेटमाथिका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, संसदमा प्रि बजेटमाथिका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

वि.सं.२०८० चैत ७ बुधवार ०८:२८

  काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...