YouTube Link

ट्राफिक नियम पालनामा सचेत गराउन चोक चोकमा गीत बजाईने

Facebook Link

काठमाडौं:  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका चोक चोकमा डमी राख्दै गीतहरू बजाउन थालेको छ। सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई लक्षित गरी ट्राफिक नियम पालनामा सचेत गराउने उद्देश्यले  ट्राफिक सचेतनासँग सम्बन्धी गीत सुनाँउन थालिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सांगीतिक डमी अभियानको शनिबार शुभारम्भ गर्नु भएको छ । उक्त अभियानले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने महाशाखाले जनाएको छ।

अभियान शुभारम्भमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले प्रस्तुती राखेका थिए । मानिसले गीत संगीत मन पराउने भएकोले सोको माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले सजिलोसँग सम्झना गर्न सक्ने महाशाखाले जनाएको छ ।

सवारी साधनको बढी चाप हुने काठमाडौंको मुख्य ५ वटा चोकहरू कोटेश्वर, बानेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको माध्यमबाट गीत बजाएर ट्राफिक सचेतना गराइने छ। दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा गीत बजाइने छ । महाशाखाले एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेत गराउने लक्ष्य राखेको छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...