YouTube Link

पीसीआर टेष्टको नाममा जनता लुट्दै निजी अस्पताल

Facebook Link

काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा पीसीआर टेष्टको नाममा केही निजी अस्पतालले भने महंगो शुल्क लिएर आम नागरिकमाथि लुट मच्चाएका छन् ।

केहीदिन अघि सरकारले पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा पीसीआर टेष्ट हुने बताईरहँदा निजी अस्पताल सौर्य हेल्थ केयर र स्टार हस्पिटलले भने यसको वेवस्ता गर्दै सरकारले निर्धारण गरेको शुल्क भन्दा दोब्बर मुल्यमा पीसीआर टेष्ट गरिएको पाईएको छ ।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रुपैयाँमा झरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसरी सरकारले तोकेको मुल्यभन्दा चर्को मुल्यमा आम नागरिकलाई पीसीआर टेष्ट गराउँदै निजी अस्पतालहरुले आम नागरिकमाथि लुट मच्चाएका छन् । यसका लागि बेलैमा सम्बन्धित निकायले यसको छानविन गरी नियन्त्रणमा लिन आवश्यक देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...