YouTube Link

नेपाली सेनाको जहाज विमानस्थलबाट सडकमा गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगियो

Facebook Link

काठमाडौं: शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका पैदल यात्रुहरुले अचम्मित मानेर हेरेका थिए । त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटी संग्रहलयमा राख्न लगिएको हो ।

विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको थियो । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो ।

यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमानमा राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

नारायणहिटी संग्रहालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...