रातो मच्छिन्द्रनाथको रथ आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने
वि.सं.२०७७ भदौ २१ आइतवार ११:२३
1.8K
shares
काठमाडौं: रातो मच्छिन्द्रनाथको रथ आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने र हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने श्राेतले जनएकाे छ ।
ललितपुरवासीले आइतबार ‘छ्वयलाभू’ र सोमबार ‘भुज्या’ मनाउने र साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराईयसंगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
वि.सं.२०७७ भदौ २१ आइतवार ११:२३


















