एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस
वि.सं.२०७७ भदौ ९ मंगलवार १८:३४
1.5K
shares
काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि उपत्यकामा हालै जारी गरिएको निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ ।
मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो ।
कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेका छन् ।
आज बसेको बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।
उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १८:३४



















