YouTube Link

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतको संख्या २५ पुग्यो, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुग्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले बिहीबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । उनका अनुसार उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ । कोरोना भाइरस पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन् । यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो ।

यसैबीच आज विहान मात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको हो । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जनामध्ये म्याग्दीका ६ जना छन् ।

त्यस्तै, स्याङजाका ३ र नवलपरासी वर्दघाट पूर्वका २ जना छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वका सबैजनालाई आईसोलेसनमा राखिसकिएको छ भने अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...