Texas College
YouTube Link

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, एमसीसी विवाद लगातय अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने

Facebook Link

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, लेखा समिति र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति रहनेछ । स्थायी कमिटी बैठकको तयारीका लागि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच समेत भेटवार्ता भएको जनाइएको छ ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भएपनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन । खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको थियो । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।

बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए । ‘बैठकका एजेन्डाहरू नआए पनि स्थायी समितिले आफ्नो एजेन्डा तय गरेरै छलफल गर्छ । मूलतः बैठकमा यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने हो, त्यो हुन्छ,’ उनले भने ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...