आजको विदेशी मुद्राको भाउ, प्राय सबै देशका मुद्राको भाउ घट्यो
वि.सं.२०७७ असार १० बुधवार ०९:४९
1.2K
shares
काठमाडौं: आज अमेरिकी डलर सहित प्राय सबै देशका मुद्राको भाउ घटेको छ । मंगलबार यूरोपियन यूरोसहित केही देशका मुद्राको भाउ बढेको थियो । विश्वभर कोरोना भाइरस र लकडाउनका काराण विदेशी मुद्राको सटही दरमा पनि भारी उतार चढाब आइरहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ३४ पैसामा झरेको छ । यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ १६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ४१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३५ पैसा रहेको छ ।
वि.सं.२०७७ असार १० बुधवार ०९:४९




















