तानसेन गुल्मी सडकखण्डमा पहिरोले पुरिएकाहरुको सनाखत
वि.सं.२०७७ असार ९ मंगलवार १४:०५
1.2K
shares
पाल्पाः तानसेन गुल्मी सडकखण्डमा पर्ने तानसेन नगरपालिका–११, बन्दीपोखराको समबारीमा सोमबार गएको पहिरोमा परी गाडी पुरिदा मृत्यु हुनेहरुको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, होक्सेबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । पहिरोमा परी लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो । उक्त सडक अहिले एकतर्फ रुपमा संचालनमा आएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ असार ९ मंगलवार १४:०५




















