अमेरिकी डाइभर्सिटी भिसा लोटरीको नतिजा सार्वजनिक
वि.सं.२०७७ जेठ २५ आइतवार ११:१०
1.5K
shares
काठमाडौं: अमेरिकी डाइभर्सिटी भिसा लोटरी ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९) अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्बजनिक भएको हो ।
‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ । इडिभी पर्यो कि परेन भनेर https://dvprogram.state.gov लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ । यो नतिजा ३० सेप्टेम्बर सन् २०२० सम्म चेक गर्न सकिने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ ।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् । डाइभर्सिटी भिसा लोटटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ । यस कार्यक्रम अन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ जेठ २५ आइतवार ११:१०



















