YouTube Link

देशभर लकडाउनको ५४औं दिन, २६ जिल्लामा फैलियो कोरोना महामारी, २ सय ७६ संक्रमित, ३६ जना निको भएर घर फर्किए

Facebook Link

काठमाडौं: कोरोनाभाइरस नेपालमा पनि तीव्र रुपमा फैलिरहेको छ । शुक्रबारसम्मको विवरणमा २ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेको पनि ५४ दिन भैसकेको छ । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

हालसम्म पर्सामा ९१ जना, कपिलवस्तु ४१, बाँके ३३, रुपन्देही २८, उदयपुर ३३, काठमाडौं ९, धनुषा र कैलालीमा ४, चिवन, रौतहट, बारा र दाङ ३, सर्लाही, बर्दिया, बाग्लुङ, झापा, महोत्तरी, भक्तपुरमा २/२ जना, धादिङ, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, पूर्वी नवलपरासी, मकवानपुर, सिरहमा १/१ जना रहेका छन् ।

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ । देशभरिका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । देशभरिका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...