YouTube Link

कालिका सोपद्वारा पत्रकार महासंघ काठमाडौं शाखालाई सेनिटाइजर सहयोग

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले विश्व अक्रान्त बनेकाे बेला नेपालमा पनि यसकाे प्रभाव बढेकाे छ । यसकाे मध्यनजर राख्दै सरकारले देशभर लकडाउन लागू गरेकाे छ । यसैबीच दैनिक समाचार संकलनार्थ खटिने पत्रकारहरूका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कालिका सोप एण्ड केमिकल्स प्रा.लि. ले २ सय ९४ पीस ह्याण्ड सेनिटाइजर सहयोग गरेको छ ।

आइतबार महासंघको शाखा कार्यालय भृकुटीमण्डपमा कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले सेनिटाइजर महासंघका उपाध्यक्ष सूर्य सुवेदी, सचिव मोहन पन्त र सह-सचिव अमिर लामालाई संयुक्त रुपमा प्रदान गरे । विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरुलाई कोरोना भाइरस  जखिमबाट जाेगिनकाे लागि पत्रकार भीमसेन श्रेष्ठको पहलमा कम्पनीका अध्यक्ष तेजकुमार श्रेष्ठले उक्त सेनिटाइजर सहयोग गरेको हो ।

महासंघको तर्फबाट सचिव मोहन पन्त र उपाध्यक्ष सूर्य सुवेदीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आम नागरिक तथा पत्रकारहरु प्रभावित भएको बताउँदै पीडित पत्रकारका लागि महासंघबाट उपलब्ध राहत प्रदान गरिएको जानकारी दिँदै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...