YouTube Link

नेकपाभित्रै चुलिँदो विवादका कारण अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षाको रणनीतिमा

Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीभित्रको चुलिँदो विवादका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारको निरन्तरताको अस्त्र खोज्न थालेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रायः अधिकांश शीर्ष नेता ओलीलाई पदच्यूत गर्ने कसरतमा लागेपछि प्रधानमन्त्री ओली सकेसम्म पार्टीभित्र नयाँ समीकरण बनाउने प्रयासमा जुटेका छन् ।

ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच सोमबार भएको छलफलले मंगलबार सचिवालय बैठक गर्ने तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैं अध्यक्ष रहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट यसरी घेराबन्दीमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समर्थित बहुमत स्थायी समिति सदस्यले लिखितरुपमै बैठक माग गरेपछि ओली अहिले अनेक ‘अफर’हरु गरेर नेपाललाई फकाउने प्रयत्न गरिरहेका छन् ।

आन्तरिक किचलो शान्त नभए प्रधानमन्त्रीलाई स्थायी समितिबाटै असजिलो पार्ने र नभए संसदमा अविश्वासको प्रस्तावसम्म ल्याउनेबारे ओलीविरोधी समूहमा छलफल भइरहेको बताइन्छ । संविधानको धारा १०० को उपधारा ४ बमोजिम ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरुमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखितरुपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्’ भनिएको छ ।

प्रधानमन्त्रीलाई पदच्यूत गर्न अविश्वासको प्रस्तावको संवैधानिक हतियार प्रयोग गर्न खोजियो भने प्रधानमन्त्रीले पनि प्रतिरक्षा अस्त्रका रुपमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको बाटो लिन सक्ने विश्लेषण पनि भइरहेको छ । प्रधानमन्त्रीले संसद विघटनको बाटो लिए भने नेकपाभित्र आन्तरिक द्वन्द्व चुलिने र राजनीतिक तथा संवैधानिक प्रश्नहरुमा मुलुक झनै रुमल्लिने सम्भावना देखिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...