कोरोना उपचारका लागि सेनाले भारतबाट आवश्यक औषधि ल्याउँदै
वि.सं.२०७७ वैशाख १० बुधवार १५:३४
1K
shares
काठमाडौं: कोरोना भाइरसको उपचारका लागि नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोनाका उपचारका लागि आवश्यक औषधि खरिदका लागि सेनाले २ करोड ४० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिन लागिएको हो ।
रकम भुक्तानीका लागि नेपाली सेनाको जंगीअड्डाले रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार भएको बताइएको छ । रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ ।
सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँको सम्झौता गरिसकेको छ । यसअघि भारतले चैत दोस्रो साता कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो । भारतको सशस्त्र बल चित्किसा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्यासपिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार भएको बताएका थिए ।
वि.सं.२०७७ वैशाख १० बुधवार १५:३४



















