YouTube Link

कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरेको लकडाउनको एक महिना, ४२ जना संक्रमित, ३६ हजार बढीको परीक्षण

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो ।

सरकारले बैशाख १५ गतेसम्म लकडाउन कायमै राखेको छ । त्यसपछि के गर्ने भन्ने कुनै निर्णय गरिएको छैन । यो बीचमा ३६ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको सरकारले जनाएको छ । ती मध्ये ८ हजार ७ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको हो भने २७ हजार ९ सय ५६ जनामा आरडिटी परीक्षण गरिएको जनाएको छ ।

परीक्षण गरिएका मध्ये देशभर ४२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म ३६ हजार ७ सय १९ जनाको परीक्षण गरिएको छ । जसमध्ये हाल देशभर ७ हजार ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ७ जना आइसोलेसन कक्षमा रहेका छन् । संक्रमित चार जना उपचापछि निको भएर घर फर्किएका छन् ।

सरकारले एक साताका लागि भनेर शुरु गरेको लकडाउनको अवधि एक महिना पुगेपनि जुन गतिमा मानिसहरुको परीक्षण गरेर मुलुकलाई विस्तारै खुकुलो बनाउने दिशामा कदम चाल्नु पर्दथ्यो त्यस्तो देखिएको छैन । एक महिनासम्म पनि सरकारले आवश्यक स्वास्थ्य सामग्री र औषधि नै ल्याउन सकेको छैन । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणपछि सरकारले अहिले नेपाली सेनामार्फत् सामान झिकाउने प्रयास गरिरहेको छ ।

लकडाउनले सर्वसाधारण र ज्याला मजदुरी गरी खाने वर्ग समस्यामा परेका छन् । लामो बन्दले रोजगारी गुमाएर कामविहीन भएकाहरु काठमाडौंमा बस्न नसकेर पैदलै आ–आफ्ना गृहजिल्ला फर्केको कहालीलाग्दो दृष्य देखिएका छन् । गाडी नपाउने, खानेकुरा नपाउने र पैदलै हिड्दा पनि सुरक्षाकर्मीहरुले ठाउँठाउँमा रोक्ने जस्ता हर्कत ब्यहोर्नुपरेको गुनासो उनीहरुले गरिरहेका छन् । केही दिनयता भने कतिपय गाउँपालिकाहरुले आ–आफ्ना क्षेत्रका मतदातालाई उद्धार गरेर लैजान थालेका पनि छन् ।

लामो समय बन्द लम्बिँदा आर्थिक अवस्था ठप्प भएको छ भने त्यसले व्यक्तिको मात्र नभई देशकै अर्थतन्त्रमा ठूलो असर पर्न थालिसकेको छ । कृषिदेखि, उद्योग, कलकारखाना, विकास निर्माणका सबै काम ठप्प छन् । दैनिक श्रम गरेर गुजारा गर्नुपर्ने वर्ग सबैभन्दा बढी मारमा परेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...