सत्तारुढ दल नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
वि.सं.२०७७ वैशाख ८ सोमवार १७:२३
1.1K
shares
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दल सम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ ।
वि.सं.२०७७ वैशाख ८ सोमवार १७:२३



















