एसईई परीक्षाको प्रश्नपत्र प्रहरीको सुरक्षामा छ: राष्ट्रिय परीक्षा बोर्ड
वि.सं.२०७६ चैत ६ बिहीवार १७:४२
1.5K
shares
काठमाडौं: आजबाट शुरु हुने भनिएको एसईई परीक्षा सरकारले हिजो साँझ स्थगित गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा अभिभावक र विद्यार्थीले चासो दिएका छन् । एसईईका लागि छापिएका करिव ५१ लाख प्रश्नपत्र स्थानीय प्रहरी चौकी तथा प्रशासन कार्यालयहरूमा प्रहरीको सुरक्षा घेराभित्र सुरक्षित राखेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सहभागी हुँदै थिए भने देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो ।
वि.सं.२०७६ चैत ६ बिहीवार १७:४२



















