YouTube Link

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

Facebook Link

 

काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्त समितिद्वारा मगर समुदायको लोपोन्मुख परम्परागत संस्कृतिक संरक्षणको निम्ति घाँटु नाच देखाईनुको साथै वृहत सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने भएको छ ।

 

कार्यक्रमको तिब्र तयारी सम्पन्न भएको श्री चण्डेश्वरी संरक्षण समिति मगर समाजका अध्यक्ष सुनिल थापामगरले जानकारी दिए । लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा मगर समुदायको घाँटु नाचको वित्तचित्र पनि प्रदर्शन गरिने समाजका अध्यक्ष सुनिलले जानकारी गराए ।

 

विशेषगरी लिखु गाउँपालिकाको साँस्कृति र पर्यटकीयको हिसावले पनि यो गाउँपालिकामा स्रोत साधनको उचित रुपमा परिचालन हुन नसक्दा यहाँका साँस्कृति र पर्यटन प्रवर्द्धनका लागि पनि परिचित हुन नसकेको अवस्था छ । यस गाउँपालिकामा कला, साहित्य र साँस्कृति भएपनि सूचना प्रविधिको पहुँच र विकासमा अझै पछाडि नै परेको छ । तसर्थ यस पृष्ठभूमिलाई समेट्दै गाउँपालिकाको वडा नम्बर १ मा रहेको खानीगाउँमा मनाईने मगर समुदायको लोपोन्मुख घाँटु नाचलाई संरक्षण र जगेर्ना गर्नका निम्ति प्रदर्शित वित्तचित्रले थप टेवा पुर्याउनेमा विश्वस्त रहेको समाजका अध्यक्ष सुनिलले बताए ।

 

वृहत सांस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित कलाकार तथा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने छ । कार्यक्रमको आकर्षकमा हाँस्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङको विशेष प्रस्तुति रहनेछ भने भ्वाइस अफ नेपालका गायक सुनिल थापामगर, गायक रोशन बालुवाका साथै योगेश रानाको प्रस्तुती रहनेछ । त्यसका अलवा कलाकारहरु राजु थापा मगर, रिना पुन, रुपक सिम्खडा, श्रीकृष्ण थापा, अनिसा गिरी, सिता घिमिरे लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

 

लिखु गाउँपालिकाको ६ वटै वडाका वडा अध्यक्षहरुको आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा कार्यक्रमको उदघोषण भने गायक रमेश श्रेष्ठ ‘मेलोडि’ले गर्नेभएका छन् । कार्यक्रमका निम्ति भनेर देश विदेशमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायि र व्यक्तिले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष सुनिल थापामगरले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...