YouTube Link

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्त समितिद्वारा मगर समुदायको लोपोन्मुख परम्परागत संस्कृतिक संरक्षणको निम्ति घाँटु नाच देखाईनुको साथै वृहत सांस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुने भएको छ ।

 

कार्यक्रमको तिब्र तयारी सम्पन्न भएको श्री चण्डेश्वरी संरक्षण समिति मगर समाजका अध्यक्ष सुनिल थापामगरले जानकारी दिए । लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा मगर समुदायको घाँटु नाचको वित्तचित्र पनि प्रदर्शन गरिने समाजका अध्यक्ष सुनिलले जानकारी गराए ।

 

विशेषगरी लिखु गाउँपालिकाको साँस्कृति र पर्यटकीयको हिसावले पनि यो गाउँपालिकामा स्रोत साधनको उचित रुपमा परिचालन हुन नसक्दा यहाँका साँस्कृति र पर्यटन प्रवर्द्धनका लागि पनि परिचित हुन नसकेको अवस्था छ । यस गाउँपालिकामा कला, साहित्य र साँस्कृति भएपनि सूचना प्रविधिको पहुँच र विकासमा अझै पछाडि नै परेको छ । तसर्थ यस पृष्ठभूमिलाई समेट्दै गाउँपालिकाको वडा नम्बर १ मा रहेको खानीगाउँमा मनाईने मगर समुदायको लोपोन्मुख घाँटु नाचलाई संरक्षण र जगेर्ना गर्नका निम्ति प्रदर्शित वित्तचित्रले थप टेवा पुर्याउनेमा विश्वस्त रहेको समाजका अध्यक्ष सुनिलले बताए ।

 

वृहत सांस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित कलाकार तथा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने छ । कार्यक्रमको आकर्षकमा हाँस्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङको विशेष प्रस्तुति रहनेछ भने भ्वाइस अफ नेपालका गायक सुनिल थापामगर, गायक रोशन बालुवाका साथै योगेश रानाको प्रस्तुती रहनेछ । त्यसका अलवा कलाकारहरु राजु थापा मगर, रिना पुन, रुपक सिम्खडा, श्रीकृष्ण थापा, अनिसा गिरी, सिता घिमिरे लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

 

लिखु गाउँपालिकाको ६ वटै वडाका वडा अध्यक्षहरुको आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा कार्यक्रमको उदघोषण भने गायक रमेश श्रेष्ठ ‘मेलोडि’ले गर्नेभएका छन् । कार्यक्रमका निम्ति भनेर देश विदेशमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायि र व्यक्तिले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष सुनिल थापामगरले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...