YouTube Link

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ।

 

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

 

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।

 

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ, क्रियाशील रहनुहाेला।

 

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

 

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने समय छ। व्यापार बढ्नेछ, रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले नयाँ कामकाे अवसर दिलाउन सक्छ। काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।

 

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने आयस्राेत सबल बन्नेछ।

 

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। नयाँ कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ।

 

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

 

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ। साेख र भौतिक साधनले खर्च बढाउन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। बलजफ्ती गर्ने बानीले पनि समस्या आउन सक्छ। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ। तापनि उपलब्धि हातपार्न समय लाग्नेछ।

 

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

 

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। गुरुजनकाे साथ–सहयाेग जुट्नाले अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...