YouTube Link

हेर्नुहोस् आज २०८० कात्तिक १० गते शुक्रबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुनेछ। महत्त्वपूर्ण भेटघाटले हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा समेत कमी आउन सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ला। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख समेत पाइनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। मनग्य धनलाभ हुनेछ भने पहिलेकाे लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...