दिन राम्रो छ, आरोग्य प्राप्ती, मानसम्मान र यश प्राप्ती, धन लाभ, भाग्यवृद्धि । दाम्पत्य सुख, सन्तान सुख, पराक्रम बढने, कार्यमा सफलता, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने । प्रेम सम्बन्धको लागि समय राम्रो छ । आज कुनैपनि खालको विवादबाट बच्नुहोला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सावधानी अपनाउनुपर्ने समय छ, भाग्यले साथ नदिने, पढाइमा मन नलाग्ने । बोलिबचन कठोर हुनसक्ने, पराक्रममा कमी आउने, कार्यमा असफलता, मानसिक तनाव हुने, कार्यहरुमा बाधा आउन थाल्ने, मानसम्मानमा कमी आउने योग चलेको छ, धनको नोक्सानी, आँखामा अथवा अनुहारमा समस्या वा अन्य रोग व्याधिले सताउने योग छ, खानपानमा समस्या देखापर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीतिबाट बच्नुहोला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो छ । सुख प्राप्ति, भाग्यको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबाट विस्तारै छुटकारा पाइने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति, व्यापार व्यवसाय वा कर्मक्षेत्रमा नयाँ सकारात्मक परिवर्तन हुनसक्ने, सरकारी कर्मचारीहरुले भने सावधान रहनुपर्ने देखिन्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय प्रतिकूल छ । शारिरिक कष्ट, धनको अभाव, मानसिक चिन्ता, पराक्रममा कमी । आलस्य बढने । खर्चमा वृद्धि । शोक वा कष्ट पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, आँखामा समस्या, धनको नोक्सानी, सन्तान पक्षबाट तनाव वा वैमनस्यता बढने हुनसक्छ, अर्काको रिस गर्नाले ग्रहदशा झन बिग्रने सम्भावना छ, प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ । व्यापारव्यवसायमा वैदेशिक सहभागिताको लागि पनि राम्रो दिन छ । साथै विपरित लिंगीप्रति आकर्षण बढने सम्भावना छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन रमाइलो रहनेछ । उत्तम खानपान हुने, मित्रहरु वा बाहिरकोसँग रमाइलो गरिने अथवा मित्र सहयोग पाइने, स्त्रि सुख, धन लाभ, आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको पक्षबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । प्रेम प्रसंगको लागि आजको दिन शुभ छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । कार्य सिद्धि, भाग्यको सहयोग प्राप्त हुने, कार्यस्थलमा सफलता मिल्नेछ, स्वास्थ्य उत्तम रहने, सरकारी सेवामा हुनेहरुलाइ मानसम्मान, बढुवाको सम्भावना । हाकिमहरु तँपाइको कार्यले खुशी हुनसक्छन । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा कार्यरत हुनेहरुलाइ नेतृत्व लिने अवसर पनि प्राप्त हुनसक्दछ । समग्रमा दिन शुभ रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय प्रतिकुल हुन सक्छ । पारिवारीक समस्या, सन्तानसँग मतभेद र विवाद हुने अथवा सन्तानको स्वास्थय बिग्रने सक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग भएकोले आज अलिस तर्क भएर कार्य गर्नुपर्नेछ । अप्रत्यासित घटनाहरु हुनसक्ने योग छ, अरुले रिस गर्ने, मनमा भयको वातावरण बन्न सक्छ । कसैकसैलाई सरकारी तथा कानुनी कुराहरुको झमेला आउन सक्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनुहोला । व्यवसाय हानी तथा दुर्घटना वा चोटपटकबाट जोगीन सवारीसाधन ध्यान दिएर चलाउनुहोला, दाम्पत्यजीवन र प्रेमसम्बन्धको लागि दिन ठीक छ । लगानीको लागि भने आज दिन राम्रो छैन ।
समय अनुकुल छैन । स्वास्थ्यको आज विशेष ध्यानदिनुहोला, खानपानको गडबडिले समस्या आउनसक्छ, सावधानी अपनाउनुहोला, भय, कष्ट, चिन्ता, कलह, धनहानी, शत्रुले घात लगाउने, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखापर्न सक्ने भएकोले सचेत रहनुहोला, सुन्दर कान्ड वा हनुमान चालिसाको पाठले ग्रहको नकारात्मक इनर्जीलाइ परावर्तित गर्नेछ र लाभ प्राप्त हुनेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो छ । छोटो खालको लाभदायी भ्रमण हुने, धन लाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । दीर्घेरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, विद्यार्थीवर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापारव्यवसायमा समय उत्तम छ । नयाँ कार्यमा लगानी गर्दा हुन्छ । प्रेमसम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास र मनोरन्जनमा समय बित्ने । सन्तान पक्षको भने विशेष ख्यालगर्नुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । धन लाभ, स्वास्थय लाभ, कार्यक्षेत्रमा सफलता, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने , मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो हुनेछ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । अनावश्यक खर्चबाट बचनुहोला । कुटुम्बबाट टाढा रहनुपर्ने, आफन्त अथवा आफूले मान्नुपर्ने व्यक्तिसँग हुने विवादबाट जोगिनुहोला । एकदमै विश्वास गरेकाबाट धोका हुन सक्ने योग छ । अरुलाइ नमागि व्यर्थमा सल्लाह नदिनुहोला ।
दिनप्रतिकुल छ । मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुनसक्ने, पेट सम्बन्धि रोगले बल्झन, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्टपर्ने योग देखिएको छ । कार्यक्षेत्रमा विलम्ब, प्रेमसम्बन्धमा असमझदारी बढनसक्ने, कामुकतामा बढनसक्ने, गरेका निर्णयहरु गलत हुनसक्ने, विद्यार्थीहरुको पढाइमा समस्या देखिने, व्यवसायमा हानीको योग छ आज लगानी नगर्नुहोला, अफिसमा रहँदा विशेष सावधानी अपनाउनुहोला । यात्रामा कष्ट तथा चोटपटकको संभावना रहेकोले सचेत रहनुपर्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सचेत हुनुपर्ने समय छ । अनावश्यक खर्च गृहकलह, आफन्तहरुसँग विवाद वा झमेला, सम्पत्ति सम्बन्धि विवाद, मन अस्थिर रहने, खानपानको गडबडी हुने, अल्पनिद्रा वा निदाउने समयमा गडबडी हुने, छातीमा कष्ट वा श्वासप्रश्वास सम्बन्धि गडबडी आउनसक्छ, शारिरिक कमजोरी वा धपेडीपर्ने, व्यवसाय गतिरोधको सामनागर्नुपर्ने छ । लगानीलाइ समय अशुभ छ ।