YouTube Link

रामेछाप कांग्रेसले टुंगो लगायो ८ वटै स्थानीय तहका उम्मेदवार

Facebook Link

 

रामेछापः नेपाली कांग्रेस रामेछापले स्थानीय तह निर्वाचनका लागि ८ वटै तहमा उम्मेदवार टुंगो लगाएको छ ।

 

आइतबार राती कांग्रेसले जिल्लाको ८ वटै स्थानीय तहमा नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।

 

कांग्रेस मन्थली नगरपालिकाको नगर प्रमुखमा बिनोद कार्की उपप्रमुखमा यशोधा श्रेष्ठ उम्मेदवार बनेका छन् भने रामेछाप नगरपालिकामा निवर्तमान सभापति समेत रहेका लवश्री न्यौपा नगर प्रमुखको उम्मेदवार बनेका छन् भने उपप्रमुखमा सुशिला लामा उम्मेदवार बनेका छन् ।

 

कांग्रेसले लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्कालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

 

त्यसैगरी उमाकुण्ड गाउँपालिकामा अध्यक्षमा जितबहादुर कटुवाल उपाध्यक्षमा सावित्री सुनुवार उम्मेदवार बनेकी छिन् । गोकुलगंगा गाउँपालिकामा काजी बहादुर खड्का (निदेश) अध्यक्षको उम्मेदवार बनेका छन भने उपाध्यक्षमा उषा वस्नेत कार्की उम्मेदवार बनेकी छिन् ।

 

दोरम्बा गाउँपालिकामा अध्यक्ष मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगरलाई उम्मेदवार बनाएको छ । सुनापति गाउँपालिकामा कमान खड्का (दिपेन्द्र)लाई अध्यक्ष र शान्ति मोक्तानलाई उपाध्यक्षको उम्मेदवार बनाईएको छ ।

 

यसैगरी कांग्रेसले खाँडादेवी गाउँपालिकाको अध्यक्षको उम्मेदवार नवराज थोकरलाई बनाएको छ भने उपाध्यक्षमा चण्डिका उप्रेतीलाई उम्मेदवार बनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...