१६औं संस्करणको नाडा अटो शो भृकुटीमण्डपमा (फोटो समाचार)
वि.सं.२०८१ भदौ ११ मंगलवार १६:१४
609
sharesकाठमाडौं: १६औं संस्करणको नाडा अटो शो-२०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा मेला ६ दिनसम्म चल्नेछ । यस वर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन् ।
तस्बीरमा मेलाका झलकहरुः (फोटोः सुबास मुखिया सुनुवार)
वि.सं.२०८१ भदौ ११ मंगलवार १६:१४