YouTube Link

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

Facebook Link

 

काठमाडौं: त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

 

सिरिजमा मलेसियाले भने पहिलो हार ब्यहोरेको छ । मलेसियाले सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले हराएको थियो ।

 

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

 

आशिफ शेखले ५७ रनको महत्वपुर्ण योगदान दिए । ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने । उनी १२ ओभरको तेस्रो बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे ।

 

आशिफको यो टी २० आईमा दोस्रो अर्धशतक हो । आशिफले ३१ बलमा ६ चौका र १ छक्का हान्दै अर्धशतक पूरा गरे ।

 

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा नटआउट रहे । तेस्रो विकेटका शेख र ऐरीले ७० रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ उन्मुख भएको थियो ।

 

ओपनर कुशल भुर्तेल १ रनमा पवेलियन फर्के । कुशल पवनदिप सिहंको बलमा विरनदिप सिंहको हातबाट क्याच आउट भए ।

 

दिपेन्द्र सिंह ऐरि २१ रन थप्दै पवेलियन फर्के। रोहित पौडेल १२ रन बनाउँदा पवनदिपको बलमा एलबीडब्लु धरापमा परे ।

 

मलेसियाका लागि पवनदिप सिंहले २ तथा सहिद अजिज र मुहम्मद अमिरले समान एक विकेट लिए ।

 

टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो ।

 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे । अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट झारे ।

 

सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे । ऐरिले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए । करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे ।

 

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

 

दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे । जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए । उनले १५ बलमा ३ चौका र २ छक्का हाने ।

 

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए । ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए ।

 

सायद अजिज १४ रनमा क्याच आउट भए । अजिज दिपेन्द्र सिंह ऐरिको बलमा सन्दीपको हातबाट क्याच आउट भए । मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे ।

 

सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के । उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।

 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीमाथि १५ रनको रोमाञ्चक जित निकालेको थियो ।

 

सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...