YouTube Link

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

Facebook Link

 

काठमाडौं: त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

 

सिरिजमा मलेसियाले भने पहिलो हार ब्यहोरेको छ । मलेसियाले सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले हराएको थियो ।

 

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

 

आशिफ शेखले ५७ रनको महत्वपुर्ण योगदान दिए । ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने । उनी १२ ओभरको तेस्रो बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे ।

 

आशिफको यो टी २० आईमा दोस्रो अर्धशतक हो । आशिफले ३१ बलमा ६ चौका र १ छक्का हान्दै अर्धशतक पूरा गरे ।

 

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा नटआउट रहे । तेस्रो विकेटका शेख र ऐरीले ७० रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ उन्मुख भएको थियो ।

 

ओपनर कुशल भुर्तेल १ रनमा पवेलियन फर्के । कुशल पवनदिप सिहंको बलमा विरनदिप सिंहको हातबाट क्याच आउट भए ।

 

दिपेन्द्र सिंह ऐरि २१ रन थप्दै पवेलियन फर्के। रोहित पौडेल १२ रन बनाउँदा पवनदिपको बलमा एलबीडब्लु धरापमा परे ।

 

मलेसियाका लागि पवनदिप सिंहले २ तथा सहिद अजिज र मुहम्मद अमिरले समान एक विकेट लिए ।

 

टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो ।

 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे । अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट झारे ।

 

सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे । ऐरिले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए । करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे ।

 

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

 

दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे । जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए । उनले १५ बलमा ३ चौका र २ छक्का हाने ।

 

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए । ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए ।

 

सायद अजिज १४ रनमा क्याच आउट भए । अजिज दिपेन्द्र सिंह ऐरिको बलमा सन्दीपको हातबाट क्याच आउट भए । मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे ।

 

सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के । उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।

 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीमाथि १५ रनको रोमाञ्चक जित निकालेको थियो ।

 

सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...