YouTube Link

त्रिशुली नदी माथि बनिरहेको पुलको ८० मिटर भाग भत्कियो

Facebook Link

काठमाडौं:  त्रिशुली नदी माथि बनिरहेको पुलको ८० मिटर भाग भत्किएको हो । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्न बनिरहेको पुल भत्किएको हो।

 

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो । पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ । साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ ।

 

पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने र यस बारेमा थप अनुसन्धान भैरहेको डिभिजन कार्यालयले जनाएको छ ।

 

भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदी माथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइसक्नुपर्ने थियो ।

 

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पुर्याईएको छ । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटक म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।

 

महालेखा परीक्षकको कार्यालयले निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेकोबारे सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो ।

 

यो पनि पढ्नुहोस् :

पेट्रोल प्रतिलिटर १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...